अछाम। बेहुलीसहित जन्ती पुर्याएर फर्किएको जीप आइतबार मध्यरातमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
निधन हुनेमा पञ्चदेवल विनायक नगरपालिका–२ का १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा, १७ वर्षीय हिमाल नेपाली र वडा नम्बर ३ का १७ बर्षीयका जीवन जैसी रहेको अछाम प्रहरी प्रमुख डीएसपी तुलसीराम अर्यालले जानकारी दिए।