मेयर ज्यू पानी, बत्ति समस्या अझै उस्तै छ



सैघाली खबर
दाङ १४ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ को छिल्लीकोटमा नगरप्रमुख घनश्याम पाण्डे आउने खबरले स्थानीय जनताहरु एकै ठाउँमा भेला भएका थिए । गाउँका गुनासा राख्न र नगरप्रमुखलाई स्वागत गर्नका लागि उनीहरु भेला हुन

नगरप्रमुख पाण्डेलाई देख्ने वित्तिकै स्थानीय परविर पुनले समस्या पोखे ‘पानी र वत्तिको समस्या छ , अझै पनि हामी अन्धकारमा बस्न वाँध्य छौ ’ उनले सोनापुर सिमेन्टले पानीको मुहान नजिक चुनढुँगा उत्खनन् गर्न लागेकाले पानीको समस्या झन् विकराल हुने कुरा समेत वताए । ‘फागुन अन्तिमबाट पानी सुकिहाल्छ, वैकल्पिक व्यवस्था नहुँदा करिव डेढ घण्टा हिडेर खोलामा पानी लिन जानुपर्ने अवस्था छ ’ पुनले भने । हरेक महिना विकट ठाउँमा पुगेर जनताका समस्या वुझ्ने कार्यक्रम अन्तर्गत पाण्डे त्यहाँ पुगेका थिए ।

ऐतिहासिक र धार्मिकस्थलको रुपमा परिचित छिल्लीकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने वताउँदै स्थानीय प्रेमवहादुर खड्काले जलजला, सिस्ने र धौलागिरी जस्ता हिमाल देखिने भएपनि पर्यटकीय आकर्षण वढ्न नसकेको वताए । ‘पर्यटकीय आधारहरु प्रशस्त छन् तर त्यसलाई कसैले पनि पहिचान गर्न सकेको छैन ’ । सतिदेवीको वाँया कुम पतन भएको ठाउँ भएकाले पनि धार्मिक पर्यटनको विकासका लागि ध्यान दिनसके धार्मिक गन्तव्यका रुपमा विकास हुने भएकाले त्यसतर्फ ध्यान दिन समेत आग्रह गरे ।

 

चल राजाहरुले राज्य गरेको छिल्लीकोटको ऐतिहासिक कुराहरुलाई उत्खनन् गर्न सकियो भने ऐतिहासिक अध्ययनको केन्द्रका रुपमा रहने पनि खड्काले वताए ।  सुगन्ध कोकिलाको उपयुक्त ठाउँका रुपमा रहेको छिल्लीकोटमा हरेक वर्ष एक करोड आम्दानी हुने केशरवहादुर पुनले वताए । प्रत्यक्षरुपमा विक्री वितरण गर्न नसक्दा उनीहरुले आशातित मुल्य पाउन नसकेको समेत वताए । ‘व्यापारीहरु आउछन् , के के कर लाग्छ भन्छन् मूल्य नै दिदैनन् ’ पुनले वताए । उनले सुगन्ध कोकिलाको केन्द्रका रुपमा विकास गर्नका लागि स्थानीय सरकारले वजारीकरणमा सहयोग गर्नुपर्ने वताए । करिव एक सय घरले औसत एक लाखका दरले आम्दानी गर्ने गरेको पनि उनले वताए ।

शिक्षाको महत्वका वारेमा थाहा नहुँदा अभिभावकहरुले वालवालिकाहरुलाई विद्यालय नलैजाने भएकाले विद्यार्थी उपस्थिति संख्या अत्यन्त न्यून रहेको गणेश प्राविका प्रधानाध्यापक प्रेमबहादुर वलीले जानकारी गराए । उनले नाम लेखाए पनि विद्यार्थीहरु उपस्थित नहुने गरेको समेत वताए ।
गाउँलेहरुका समस्या सुनेपछि नगरप्रमुख पाण्डेले छिल्लीकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि आफुले पहल गर्ने वताए । उनले छिल्लीकोटमा केवुलकार सञ्चालनका लागि यो वर्ष सम्भाव्यता अध्ययन गर्ने समेत वताए । उनले छिल्लीकोट दरवारको पुरानो भग्नावशेष उत्खनन् गरेर त्यही शैलीको दरबार वनाउने र त्यसलाई संग्रहालयका रुपमा विकास गर्ने पनि वताए । ‘छिल्लीकोटलाई धार्मिक पर्यटनका रुपमा समेत विकास गर्न आफु लाग्ने वताउँदै नगरप्रमुख पाण्डेले विद्युत पु¥याउनका लागि काम भइरहेको समेत वताए । ‘पानीका लागि लिफ्टको व्यवस्था गर्नेछु ’ पाण्डेले सुगन्धकोकिलाको व्यावसायिक विकासका लागि सहकारीका माध्यमबाट काम गर्न पनि आग्रह गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्