समाचार

लमहीमा खुल्यो – टिम ८ सप्लायर्स

By Thaha - Online

October 12, 2021

पवन पाेख्रेल लमही ५ दाङ, लमहीका युवा व्यवसायीको समूहले संयुक्त लगानीमा टिम ८ सप्लायर्स पसल सञ्चालनमा ल्याएका छन्।

फूलपातीको दिनमा एक कार्यक्रम बिच देउखुरी मोबाइल व्यवसायी संघका अध्यक्ष भिम भुसालले पसलको उद्घाटन गरेका छन् । संघका अध्यक्ष एवं लमही जेसीजका कार्यकारिणी उपाध्यक्ष भीम भुसालले पसल सञ्चालकलाई बधाई एवं सफलताको शुभकामना दिएका थिए ।

सम्पूर्ण कम्पनीका मोबाइल पार्टसहरु एउटै छानामुनिबाट प्राप्त गर्न सकिने र जिल्ला बाहिर जाने समस्या लाई अन्त्य गर्दै देउखुरी क्षेत्रमा आफूहरूले संयुक्त लगानीमा पसल सञ्चालन गरेको जनाए सञ्चालक सदस्य बिष्णु गिरि ले बताए। सप्लायर्सका अनुसार सामसुङ, भिबो, ओप्पो, एप्पल, वानप्लस, नोकिया, एमआई, रियलमी लगायत कम्पनीका मोबाइलहरु तथा मोबाइल एसाेसिरिज यहाँ सुपथ मुल्यमा खरिद गर्न पाइने छ।

उद्घाटन कार्यक्रममा देउखुरी मोबाईल संघका अध्यक्ष भिम भुसाल, महासचिव राजु गिरी, सिबम केसि, बिजय सिह ठकुरी,बिरू गिरी, देवि प्रसाद बेल्बासे ,दिनेश शर्मा, लगायत देउखुरी मोबाईल व्यवसायी संघमा आवद्ध धेरै व्यापारीहरूको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण मोबाइल सङका महासचिव राजु गिरीले गरेका थिए ।