सरकारको खरिद ऎनको कारण देशभर निर्माण कार्य अलपत्र रहेको प्रदेश २ का अर्थ मन्त्रीको आरोप



जनकपुरधाम, असोज २५ । प्रदेश न. २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल सरकारको खरिद ऐनका कारण प्रदेश २ लगायत देश भरी निर्माण कार्यहरू अलपत्र रहेको आरोप लगाएका छन् । सोमवार राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा ७५ शैय्याको अत्याधुनिक कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास गर्दै मन्त्री साहले यस्तो बत्ताएका हुन् । नेपाल सरकारले खरिद ऐन लाई समयानुकूल परिमार्जित गर्न नसकेर समस्या उत्पन्न भएको उनको भनाई छ । प्रदेश सरकारले आफ्नै खरिद ऐन ल्याउन लागेको समेत उनले बताए । प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तर्फ अग्रसरता देखाउन लागेको मन्त्री साहको भनाई छ. यसबाहेक दलितका लागि स्वास्थ्य बिमा तथा प्रत्येक पालिकामा स्वास्थ्य क्लिनिक जस्ता योजना समेत प्रदेश सरकारले ल्याउन लागेको बताए । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको एकीकृत स्वास्थ्य विकास कार्यक्रम अन्तर्गत गजेन्द्र नारायण सिंह अस्पताल अन्तर्गत उक्त कार्डिक सेन्टर र एनेक्स भवन समय अनुकूल भित्र निर्माण हुन लागेको हो । २३ करोड ५४ लाख ८७ हजार कुल लागत अनुमान रहेको उक्त भवन निर्माणका लागि साह प्रेरा जेभीले झण्डै ६५ प्रतिशत बिलोमा १५ करोड २६ लाख ९३ हजारमा टेन्डर कबोल गरेका छन् । ठेकेदार कम्पनीले २०८० साल असार २३ गते भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्