धार्मिक कामले नै समाजमा शान्ति स्थापना भएको छ: काङ्ग्रेस नेता चौधरी

सिरहाको पोर्ताहामा राधाकृष्ण प्रणामी मन्दिरको सिल्यानास


 

 

महेश सिंह सिरहा, लहान  सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर – ३ पोर्ताहामा राधाकृष्ण प्रणामी मन्दिरको सिल्यानास गरिएको छ । समाजद्वारा चन्दा सङ्कलन गरी व्यक्तिगत लगानी र मनकारीहरूको विशेष सहयोगमा उक्त मन्दिर निर्माण हुने स्थानीय युवा नेता गोपाल कृष्ण यादवले जानकारी दिनु भयो । नेपाली काङ्ग्रेस पार्टीका सिरहा जिल्ला सभापति रामचन्द्र यदवको प्रमुख आतिथ्यमा मन्दिरको सिल्यानास गरिएको आयोजक नेपाली काङ्ग्रेस सखुवानन्कारट्टी गाउँपालिकाका युवा नेता गोपाल कृष्ण यादवले जानकारी दिनुभयो ।

मन्दिर निर्माण गर्न स्थानीय नथुनी साह र लक्ष्मण साहले करिब १५ धुर जग्गामा दान गरेको छ । आर्थिक अवस्था कमजोर भए पनि मन्दिर निर्माण गर्न जग्गा दा नगर्ने दानवीर परिवारहरूलाई समाज र नेपाली काङ्ग्रेस पार्टीका प्रतिनिधिले सम्मान गरेको थियो । उक्त मन्दिर निर्माण गर्न नेपाली काङ्ग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले १ लाख २५ हजार , नेपाली काङ्ग्रेस पार्टीका प्रदेशसभा सदस्यका प्रत्याशी उम्मेदवार देवनाथ यादवले नगद रु ५१ हजार ,पार्टीकै सिरहा जिल्ला सचिव पन्चलाल महतोले ७५ बोरा सिमेन्ट दा नगर्ने घोषणा गरेको छ ।

त्यसै गरी नेकाका लहान नगर सभापति सुनिल महतोले मन्दिर निर्माण गर्न आफ्नो निजी तर्फबाट पनि संतोष जनक सहयोग हुने बताए । हिन्दुधर्मालम्बीको सामाजिक विकासका लागि मन्दिरको ऐतिहासिक महत्त्व रहेकोले सोको विकासका लागि पहल गर्न पछाडि नपर्ने प्रतिबद्धता गरे । प्रमुख अतिथिको रूपमा मन्दिरको शिलान्यास गर्न आएका नेपाली काङ्ग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले अब आउने चुनावमा नेपाली काङ्ग्रेस देशको प्रमुख पार्टी हुने बताए । स्थानीय तह , प्रदेश र केन्द्र तिनै तहमा नेपाली काङ्ग्रेस प्रमुख पार्टी हुने दाबी गरे ।

जनताको चाहना अनुसार नेपाली काङ्ग्रेसले देशमा ठुलो परिवर्तनहरू ल्याएकोले चुनावमा अगाडि रहने बताए । सिल्यानास कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य सुर्यनारायण यादव , नेविसंघका केन्द्रिय सदस्य संजय यादव , काङ्ग्रेस पार्टिका सिरहा जिल्ला उपाध्यक्ष बिष्णु साह बानियाँ , सचिव पन्चलाल महतो,लहान नगर सभापति सुनिल महतो , समाजसेवी तथा काङ्ग्रेस पार्टीका जिल्ला सदस्य महेश चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गोपाल कृष्ण यादव र बिरेन्द्र यादव लगायतले विशेष सहयोग रहेको नेबि संघको युवा नेता पपु यादवले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्