आज मन्त्रिपरिषद विस्तारको तयारी , को को हुँदैछन् मन्त्री यस्ता छन ,सम्भाबित नामहरु



सैघाली खबर,

काठमाडौं, १४ –फागुन ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ ।

सत्ता साझेदार माओवादी केन्द्रसँग भएको मन्त्रालय बाँडफाँट अनुसार मन्त्री चयन गरि मन्त्रीपरिषद विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्री निकट नेताहरुले बताएका छन् । यसबारेमा प्रधानमन्त्री ओलीले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गर्नुभएको थियो ।

एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिनेगरि सहमति भएपनि संघीय समाजबादी फोरमले पनि सरकारमा जानसक्ने सम्भावना रहेकाले मन्त्रालयको संख्या केही हेरफेर हुनसक्ने नेताहरुले बताएका छन् । दुवै दलका शीर्ष नेताले मन्त्री बन्नेको नाम टुंगो लगाउने तयारी गरिरहेका छन् ।

फोरम सहभागि नभए केही मन्त्रालय बाँकी राखेर मन्त्रीपरिषद विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । एमालेबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, नारदमुनि राना, रघुवीर महासेठ लगायतको नाम चर्चामा छ ।

यस्तै सूर्य चिन्ह लिएर चुनाव जितेका ह्दयेश त्रिपाठीलाई पनि मन्त्री बनाउनेबारे छलफल भइरहेको छ । यस्तै माओबादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ, मातृका यादव, देबेन्द्र पौडेल, शक्तिवहादुर बस्नेत, सुदन किराँती, वीना मगर लगायतको नाम चर्चामा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्