समाचार

मन्त्री यादवद्धारा लहानमा सहिदहरुलाई माला अर्पण

By Thaha - Online

October 16, 2021

सिरहा लहान ३१ असोज – सिरहाको लहानमा नव नयुक्त मन्त्री यादवद्धारा सहिदहरुलाई मला अर्पण कार्यक्रम सम्पन्न भएको छ्। जनता समाजबादी पार्टी नेपालका केन्द्रिय कार्यकारनी सदस्य रेनु यादवले मन्त्री पाउदा मधेसको उदगत स्थानको रूपमा चर्चामा रहेको लहानको सहिद पार्कमा मधेसी सहिदहरुलाई माला अर्पण गरेका गरेका छन्।

जसपाका सयौं नेता कार्यकर्ताहरुको कार्यक्रममा उपस्थिति रहेको जसपा नेता दिपेश यादवले जानकारी दिनु भयो। माला अर्पण पश्चात् होटेल गोधुलीमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ्। नव नयुक्त मन्त्री यादवलाई जसपाका प्रदेश कमिटी सदस्य राम चलितर महतोले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

उक्त कार्यक्रममा मन्त्री यादवले भने देशको बैकल्पिक शक्तिको रूपमा हाम्रो पार्टी अगाडि बढी रहेको बताए । हामीले जहिले प्रतिनिधित्व गर्न खोज्दा बहुमत को हुदैन अल्पमतको रुपमा हुने गरेको छ। देशको हरेक बर्ग जात जातिको उत्थानको लागि लडाइँ लडी रहेको बताउनु भयो। देशको हरेक ठाँउमा झणडा गार्न सफल भएको बताए।

कार्यक्रममा जसपाका केन्द्रिय सदस्य बिजय सिंह दनुवार, केन्द्रिय सदस्य अशोक यादव,समाजबादी विद्यार्थी फोरमका प्रदेश संयोजक दिपेश यादव,उपाध्यक्ष चन्द्र शेखर यादव,युवा नेता राम सुफल यादव,राम उदगार महतो,नेत्री रिता साह, लहान नगरपालीका जसपाका मेयर प्रत्यासी बैजनाथ साह मनोज यादव मन्जे, हरेराम यादव,धनेश्वर यादव, सन्तोष महतो, सिब उदगार यादव सिवा,सिव नारायण महतो,लगायत सयौं नेता कार्यकर्ताहरुले मन्त्रीलाई स्वागत गर्न सहिद चौक पुगेका थिए।