विभिन्न पार्टी परित्यागगरी जसपामा प्रवेश कार्यक्रम सम्पन्न



सप्तरी : प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले नेपालको राजनीतिमा जसपा नेपाल सशक्त  वैकल्पिक शक्तिका रूपमा स्थापित भइरहेको बताएका छन् ।

सप्तरी जिल्लाको छिन्नजस्ता गाउँपालिका ७ (हाटी) मा विभिन्न पार्टीहरू परित्याग गरेर जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेको हुन् ।

छिन्नजस्ता गाउँपालिका ७ का वडा  अध्यक्ष शत्रु धन यादवको अध्यक्षतामा  साथै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले लगायतका पार्टीहरूको परित्याग गरी करिब २०० जना जसपामा प्रवेश गरेको छ ।

विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेको नव प्रबेशी नेता तथा कर्यकर्ताहरुलाई जसपा नेपालका मधेस प्रदेश समितिका उपाध्यक्ष  शत्रु धन यादवले बताए  ।

केन्द्रीय सदस्य उमेश यादव अमरनाथ मण्डल चित्र नारायण यादव प्रदेश सदस्य सत्यनारायण , जिल्ला अध्यक्ष केदार यादव गाउँ पालिका अध्यक्ष महेश साहको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्