हिन्दु युवा शक्ति द्वारा महाराजगन्जमा माता दुर्गा भवानीको मूर्ति विसर्जन (तस्बिर सहित )



कपिलवस्तु । जिल्ला को महाराजगन्ज लगायत विभिन्न स्थानमा माता दुर्गा भवानी को मूर्ति विजया दशमी को दिन प्रहरी को कडा सुरक्षाको साथ नदी, ताल र पोखरी मा मूर्ति विसर्जन गरिएको छ ।

दुर्गा माता , गणेश भगवान् , लक्ष्मी माता , सर्स्वती माता र राक्षस लगायतको मूर्ति निर्माण गरेर नौ दिन सम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमी को दिन महाराजगन्ज लगायत जिल्ला को धेरै ठाउँमा मूर्ति विसर्जन गरिएको हो ।

तराई मधेस मा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा माता को विशेष पूजापाठ , नौ दिन व्रत बसेर , र पूजापाठ गरेर हिन्दु धर्मावलम्बीहरू को महान् चाड को रूपमा मनाउने परम्परा पहिले देखि चली आएको पाइन्छ ।

जिल्ला को महाराजगन्ज , कृष्ण नगर र तौलिहवा लगायत अन्य ठाउँमा माता दुर्गा भवानी मूर्ति परम्परागत र धर्मशास्त्रहरू पूजापाठ गरेर शुक्रबार र केही स्थान मा शनिवार को दिन विसर्जन गरिएको हो । महाराजगन्जमा मूर्ति विसर्जन को क्रममा प्रहरी , जनप्रतिनिधि , समाजसेवी , बुद्धिजीवी , युवायुवती , हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष लगायत सदस्यहरू सहभागिता मा मूर्ति विसर्जन गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्