शिक्षा

लाहानमा पन्ध्र महिना देखि सिकाई केन्द्रका शिक्षिकाले तलब पाएनन्

By Thaha - Online

October 17, 2021

लहानमा  देखि  तलब वञ्चित सिकाई केन्द्रका शिक्षिकाहरू लहान नगर पालिकाले सिकाई केन्द्रका शिक्षिकाहरूले दशैं को मुखमा पनि  तलब पाएनन्  १५ महिनादेखि तलब नपाउँदा दशैं समेत खल्लो भयो सामुदायिक सिकाई केन्द्रका शिक्षिकाहरुको गुनासो  गरेका छन्  लाहान नगरपालिकामा रहेका सामुदायिक सिकाई केन्द्रका शिक्षिकाहरू महिनौं देखि तलब नपाएर बिचल्लीमा परेका छन् । १५ महिनादेखि तलब नपाउँदा दशैं समेत खल्लो भएको भन्दै उनीहरु लहान नगरपालिकाविरुद्ध आन्दोलित भएका छन् । तलबको लागि पटकपटक लाहान नगरपालिकाका मेयर मुन्नी साह सुडी र प्रमुख प्रशासकिय अधिकृत खेम भुसाललाई हारगुहार गरेपनि केहि सीप नलागेपछि शिक्षिकाहरू आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको परिचालिका रन्जु कुमारी महतोले बताईन। मेयर साहको यस्तो प्रवृत्तिलाई तानाशाही भन्दै लाहान २ निवासी ज्ञानकुमार सिंहले चर्को विरोध गरेका छन् । सिंहले पीडित शिक्षिकाहरुको तलब यथाशीघ्र वितरण गर्न जोडदार माग गरेका छन् ।