Banner First

क्रिकेटको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान (सूचनासहित)

By Thah Online

October 18, 2021

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष क्रिकेट टोलीका लागि मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

एक सूचना जारी गर्दै क्यानले पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । यसका लागि इच्छुक र योग्य खेलाडीले दरखास्त दिन सक्नेछन् ।

यसअघिका मुख्य प्रशिक्षक डेभ वाटमोरले पदबाट राजीनामा दिएपछि यो पद खाली भएको हो । क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय दसैँअगाडि गरेको थियो । क्यानले मुख्य प्रशिक्षकका लागि विभिन्न मापदण्ड तयार गरेको छ । दरखास्त दिने मिति अक्टोबर ३१ सम्म रहेको छ ।

हेर्नुस् सूचना