जातीवादी टीप्पणी गरेको आ’रोपमा भारतीय क्रिकेटर युवराज सिंह प’क्राउ



गत वर्ष रोहित शर्मासँगको लाइभ च्याटका दौरान अर्का क्रिकेटर युजवेन्द्र चहलको जातिलाई लिएर उनले गत वर्ष रोहित शर्मासँगको लाइभ च्याटका दौरान अर्का क्रिकेटर युजवेन्द्र चहलको जातिलाई लिएर उनले अपमानजनक टिप्पणी गरेको आ’रोपमा क्रिकेटर युवराज सिंहलाई प्रहरीले आइतबार प’क्राउ गरेको छ । हारियाणाको हिसार जिल्लास्थित हांसीबाट उनी प’क्राउ परेका हुन् । यद्यपि, औपचारिक जमानतमा उनलाई तत्कालै रिहा गरिएको थियो ।

हांसी प्रहरीका डीएसपी विनोद शंकरले सिंहलाई मुद्दाको जाँचमा सामेल गर्नका लागि प’क्राउ गरिएको हो । यसअघि पनि दुईपटक उनलाई जाँचमा सामेल गरिएको गरिएको थियो । त्यसपछि प्रहरीले हाईकोर्टको निर्देशनमा युवराजलाई धरौटीमा रिहा गरेको बताइएको छ । 

गतवर्ष लकडाउनका बेला युवराज सिंह र रोहित शर्माको एक भिडियो भाइरल बनेको थियो । इन्स्टाग्राम लाइभका कुराकानी गर्दै युवराजले दलितका विरुद्ध  एक आपत्तिजनक शब्दको प्रयोग गरेका थिए ।

युवराजले उक्त शब्द भारतीय टोलीका अर्का सदस्य युजवेन्द्र चहललाई भनेका थिए । जसका कारण त्यस बेला युवराजको धेरै आलोचना भएको थियो ।

सोही आपत्तिजनक शब्दको प्रयोग गरेपछि दलित मानवअधिकारकर्मी रजत कलसनले गतवर्ष २ जुनमा युवराजविरुद्ध उजुरी जाहेर गर्दै प’क्राउको माग गरेका थिए ।

युवराजविरुद्ध भारतीय संविधानको धारा १५३, १५३ A, २९५, ५०५ मार्फत जातिगत टिप्पणी गरेको भन्दै कारवाहीको माग गरिएको छ । प्रहरीले यसबारे अनुसन्धान गर्न युवराजको मोबाइल जफत गरेको छ । आ’रोप पुष्टि भए सिंहमाथि ५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्