‘बोक्सी’ को आ’शंकामा देवरले गरे भाउजुको ह’त्या



जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँपालिकामा अन्धविश्वासको कारण आफ्नै भाउजूको ह’त्या गरेको रहस्य खुलेको छ । अनुसन्धानको क्रममा यस्तो रहस्य खुलेपछि सञ्जयलाई महोत्तरी प्रहरीले प’क्राउ गरी आज सार्वजनिक गरेको हो ।

प’क्राउ पर्नेमा महोत्तरी गाउँपालिका ३ मडै घर भई हाल धनुषा जनकपुर उपमहानगरपालिका २४ सोनापैडा बस्ने ४२ वर्षीय सञ्जयकुमार झा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी ४२ बर्सिया भाउजू शिलादेवी झालाई असोज २७ गते राति हथौडा प्रयोग गरी हत्या गरेको आरोपमा देवर झालाई प’क्राउ गरेको हो ।

मडैस्थित घरमा गएर भाउजू शीलालाई हथौडाले तीन पटक टाउकोमा प्रहार गरेर देवर झाले हत्या गरेको प्रहरीको भनाइ  छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रंजन मिश्रले श्रीमती रिंकुदेवी झाको गर्भ तुहाएको, आफ्नो वुवा र दाजुलाई टुनामुना गरेर मारेको, सापटी लिएको रकम फिर्ता नगरेको कारणले भाउजूको ह’त्या गरेको सञ्जयले स्वीकार गरेको जानकारी दिए  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्