टप फिचर

मोहन वैद्यकाे स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगे प्रचण्ड

By Thah Online

October 18, 2021

काठमाडौँ  ।   नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्। 

दमको समस्या बढेपछि आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)लाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।

उनले उपचाररत अवस्थामा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएको जनाइएको छ ।  प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत नेता अस्पताल पुगेका थिए ।