थापा गृह, पोखरेल शिक्षा मन्त्री



सैघाली खबर,
काठमाडौं, १४ फागुन–। माओवादीबाट सरकारमा सहभागी हुने रामबहादुर थापा र गिरीराजमणि पोखरेलको मन्त्रालयको टुंगो लागेको छ माओवादी केन्द्र उच्च स्रोतका अनुसार माओवादीबाट सरकारमा सहभागी हुने थापाले गृह मन्त्रालयको जिम्मेवारी समाल्नुहुने भएको छ भने पोखरेलले शिक्षा, युवा तथा खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी समाल्नुहुने भएको छ ।

माओवादीबाट सरकारमा सहभागी हुने सात जना मन्त्रीमध्ये अरुको मन्त्रालय टुंगो लाग्न नसकेको बताइएको छ ।

माओवादीका वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ, देबेन्द्र पौडेल, मातृका यादव, बिना मगर र शक्तिवहादुर बस्नेतको चर्चा भएपनि २ जनाको मात्रै मन्त्रालय टुंगो लागेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्