साफ उप-विजेता नेपाली टोली स्वदेश आइपुग्यो ,खेलकुदमन्त्री महेश्वर गहतराजले गरे स्वागत



काठमाडौँ । साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरू स्वदेश फर्किएका छन् । माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । 

खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज विमानस्थलमै पुगेर स्वागत गरेका थिए । खेलाडीहरूलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।

नेपाल साफ फुटबल इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो ।  उपाधि भिडन्तमा भने भारतसँग ३–० ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

नेपाली टोलीमा रहेका खेलाडी रोहित चन्द र प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने नेपाल आएका छैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्