बोक्सी आ’रोपमा महिलालाई मलमूत्र खुवाउने ४ जना प’क्राउ



महोत्तरी । महोत्तरीमा बोक्सीको आ’रोपमा एक महिलाको ह’त्या भएको घटना सेलाउन नपाउँदै अर्को घटना बाहिरिएको छ । सोही जिल्लामा एक महिलालाई  बोक्सी आ’रोपमा मलमूत्र खुवाउने चार जनालाई प्रहरीले प’क्राउ गरेको छ । 

प’क्राउ पर्नेहरूमा स्थानीय सिकिन्दर महतो, उनकी श्रीमती वर्ष ३२ की पुरनी देवी महतो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महतो र २० वर्षीय अनिल महतो रहेको जनाइएको छ । प्रहरीले घटनास्थलबाट पीडित महिलालाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको खौरिएको अवस्थामा कपालका टुक्राहरू, मलमूत्र खुवाउन प्रयोग गरिएको प्लास्टिकका ग्लास र बियरको बोतल समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी रञ्जन मिश्रका अनुसार  गत बुधबार बिहान स्थानीयवासी शम्भु महतोकी पत्नी सुकमरिया देवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दरको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि चारै जनाले उक्त महिलाले नै जादु र टुनामुना लगाएको भन्दै समातेर मलमुत्र खुवाउनाका साथै अपमानजनक व्यवहार गरेको अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक मिश्रले बताए । प्रहरीले चारै जनालाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाएको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्