जर्मनीमा हेलिकोप्टर दुर्घटनामा तीनको मृत्यु, हराएको संख्या बारे अझै स्पष्ट भएन



जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरूले त्यसका परेर तीन जनाको ज्यान गएको बताएका छन् ।

त्यहाँका एक जना स्थानीय प्रहरी प्रवक्ताले सो दुर्घटनामा परी अरू पनि कति जना हराएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको र उनीहरूको खोजी कार्य जारी रहेको बताएका छन् । ती प्रहरी प्रवक्ताले सो दुर्घटनाको कारण अझै पत्ता नलागेको र यस विषयमा खोजी जारी रहेको बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्