अविरल वर्षाले धान बाली नष्ट 



दाङ । आइतबारदेखि परेको अविरल वर्षाको कारण  हजारौँ बिघा जमिनमा पाकेको धान बाली डुबेर नष्ट भएको छ । वर्षाले  राजपुर ४ को भुर्किहवा ,कोम्रे, दुलैया, खल्सा, रोहिनिया, मोतिपुर, फोहरा, जङ्र्ह्वा चङुवा, सालभौरी, नौसरा, गङ्दी , खयरभट्टी , जहरे दमारा लगायतका क्षेत्रहरुमा रहेको खेतमा पाकेको धान डुबेर नष्ट भएको छ।

दसैँ पूर्व केही दिन घाम लागेर किसानहरूले अधिकांश खेतमा काटेर लडाएका थिए भने काट्न बाकी धान कात्ने तर्खर गरिरहँदा विगत दुई दिन देखि परेको अविरल वर्षाले धान डुबाएर नष्ट गरिदिएको छ। वर्ष भरी खाने धान बाली हिजो देखि परेको अविरल वर्षाले नष्ट हुँदा अब कसरी गुजारा गर्ने हो भन्ने चिन्ता लागेको स्थानीय किसान गोमा भण्डारीले बताउनु भएको छ । त्यस्तै निकै दुख गरेर असारमा रोपेको धान बाली घरमा भित्र्याउने बेलामा प्राकृतिक बिपदले नष्ट गर्दिएको स्थानीय किसान इन्द्र भण्डारीले बताउनु  भयो । 

घरका धेरै परिवारलाई धान्ने बर्सभरिको खेती छिन भरमै पानीमा डुबेर नष्ट हुँदा जहान परिवार कसरी धान्ने चिन्ता बढेको स्थानीय किसान राजकुमार  विश्वकर्माले बताउनु भयो । बर्सातका कारण लमही नगरपालिका , राप्ती ,राजपुर , गढवा गाउँपालिका भित्रका हजारौँ हेक्टर खेतमा लगाएको धान बाली डुबेर नष्ट भएको छ। 

यस्तै अविरल वर्षाले राजपुर ४ बेलासी सोतामा आएको बाढीले स्थानीय राम फकिरे रैदासको घर डुबानमा परेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्