सुरक्षा अवस्थालाई थप प्रभाकारी बनाउन मेयरको निर्देशन



तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुर क्षेत्रको सुरक्षा अवस्थालाई प्रभाकारी बनाउन निर्देशन दिनुभएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ( डिएसपी) श्यामु अर्यालसंग सुरक्षाको विषयमा जानकारी लिर्दै नगर प्रमुख पाण्डेले यस्तो निर्देशन दिनुभएको हो ।

डिएसपी अर्यालले सुरक्षा चुनौतीका विषयमा समस्या राखेपछि सम्भावित हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनिकरणगर्न र नागरिकको जिउ,धनको सुरक्षाका लागि उपमहानगरपालिकाले आवश्यक पर्ने सबै खालको सहयोग गर्ने नगर प्रमुख पाण्डेले बताउनुभयो ।

तुलसीपुर बजारलाई रातको समयमा उज्यालो बनाउन आधुनिक लाइटको व्यवस्था गर्ने, तुलसीपुरको नयाँ बसपार्कमा रहेको टर्मिनल भवनमा अस्थायी प्रहरी बिट राख्ने, बजार क्षेत्रमा सिसि क्यामरा थप गर्ने, गहते खोला, भमकेखोलामा सोलार बत्ती जडान गर्ने र इलाका प्रहरी कार्यालयमा ट्रष्ट निर्मणकालागि अविलम्ब प्रक्रिया अघि बढाउन निर्देशन दिएको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

आवश्यक संरचना र पूर्वाधार निर्माणका लागि उपमहानगरपालिकाका इन्जिनियर पवन योगीको संयोजकत्वमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्याल र तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसे सदस्य रहेको समन्वय समिति गठन गरिएको छ । सुरक्षासँग सम्बन्धित कार्य गर्नका लागि समन्वय समितिले आवश्यक प्रक्रिया थाल्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्