लाहुरे दाङ आउदै



सैघाली खबर,
घोराही १४ फागुन।
दाङ जिल्लामा पहिलो पटक युवा पुस्ताका मनमुटुमा बस्न सफल चर्चित पप तथा रयाप गायक लाहुरे उर्फ आशिष रानाले धमाका मच्चाउने भएका छन। दाङको घोराहीमा हुन लागेको शिवशक्ति युवा क्लब द्धारा आयोजित नमस्ते घोराहीमा धमाका मच्चाउने आयोजक समितीका सहसचिब दिपेन्द्र शाहले जानकारी दिनु भयो। शिवशक्ति युवा क्लबको आयोजनामा हुन लागेको उक्त कार्यक्रम तेरौटे स्थीत वृद्धाश्रम सहयोगार्थको लागी गर्न लागेको क्लबका सहसचिव दीपेन्द्र शाहले बताउनु भयो ।

फागुन २२ गते घोराहीको कर्मचारी मिलनकेन्द्रमा हुन लागेको सांगीतिक कार्यक्रममा पोखरा निवासी प्रख्यात रयाप गायक लाहुरे सँगै मोडल रुबिना अधिकारी,हास्य कलाकार कमल गाउँले,छमछमी रनर अपहरु र डिजेको विशेष प्रस्तुती रहने भएको छ ।

सांगीतिक कार्यक्रममा टिकट दर रु। ४०० रहेको आयोजकले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्