प्रदेश ५

कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा दिने निर्णय

By Thah Online

October 18, 2021

सुर्खेत। कर्णाली प्रदेशमा बुधवार सार्वजनिक बिदा हुने भएको छ। असोज शुक्ल पूर्णिमाको अवसरमा कर्णाली प्रदेश सरकारले बिदा दिएको हो।

बुधवार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र बैङ्क तथा वित्तीय संस्था बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत रोशनबहादुर शाहीले जानकारी दिए ।

कात्तिक ३ गते दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमा पनि हो। कोजाग्रत पूर्णिमाका दिन कर्णाली प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा मेला लाग्ने गर्दछ ।