प्र.जि.अ द्वारा सबैलाई सुरक्षा आवश्यकता अप्नाउन अपिल 



देश भरि भइरहेको  बदलिँदो मौसमका कारण सुदूरपश्चिमका केही जिल्लाहरूमा निकै भारी वर्षा भएको छ ।

बझाङ बाजुरा अछाम डोटी दार्चुला लगायतका जिल्लाहरूमा विभिन्न तटीय स्थलहरू छन् । ठुला खोला नाला नदिहरु पनि बगिरहेको यिनी जिल्लाहरूमा सबै जिल्ला बासिन्दालाई  सतर्कता अप्नाउन हार्दिक अपिल गरिएको हो ।

सावधानी अप्नाउने सम्बन्धी सूचनामा लेखिएको छ । हाल भारतका आन्द्रा प्रदेश तथा अाेसिडाकाे तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गइरहेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले गर्दा कार्तिक १ गते देखि सामान्य देखि पूर्ण बदलिएको मौसमले सुदूर पश्चिमको धेरै स्थानमा मेघगर्जन भई खोला नाला भएको  तटीय क्षेत्रमा हुन सक्ने क्षेत्री बाट सबैलाई सजक रहन र आफ्नो ख्याल गर्न र सुरक्षा सतर्कता अप्नाउन अनुरोध गरिएको छ । कहीँ कतै बर्षादले कुनै क्षेत्री गरेको खण्डमा तुरुन्तै प्रहरीलाई खबर गर्न र हामीले गर्ने सहयोग सदैव उच्च स्थानमा रहने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीको भनाइ छ । बझाङ आफै भिरालो र धेरै खोलानाला भएको भू भाग भएको कारण क्षेत्री हुन सक्ने देखिन्छ आ आफ्नो स्थानमा सजक रहन अनुरोध गरिएको हो ।

अहिले अविरल बर्षादले गर्दा जय पृथ्वी राजमार्ग अन्तरगत बागथला चैनपुर सडक खण्डको नारुगाैडामा माथिबाट आएको लेदाेका कारण सडक खण्ड अवरुद्ध भएको छ । भारी बर्षाद हन थालेपछि माथिबाट आउने लेदाे झन् झन् बढ्दै गएको भन्दै लगाएको जेसिविले पनि काम गर्न गार्‍हो भएको र बर्षाद नराेकीए सम्म बाट खुल्ने अवस्थामा नरहेको डिएसपी रूपक खड्काले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्