ह’त्याको १९ वर्षपछि भारतीय ‘बाबा’ रामरहिमलाई जन्मकैदको सजाय



एजेन्सी । सन्न्यासी भेषमा अ’पराध लुकाउँदै आएका भारतीय ‘बाबा’ रामसहित सिंहलाई जन्मकैदको सजाय भएको छ । रञ्जित सिंह ह’त्याका’ण्डमा दोषी ठहरिएका डेरा सच्चा सौदाका प्रमुख बाबा गुरमित रामरहितसहित अन्य पाँचलाई सोमबार करिब १९ वर्षपछि जन्मकैदको सजाय सुनाएको हो । 

यी पाँच जनाले रञ्जित सिंहको हत्याको गरेको अदालतले ठहर गरेको हो । रामरहिम प्रमुख रहेको डेरा सच्चा सौदामा रञ्जित मेनेजरको रुपमा कार्यरत थिए । 

रामरहिम बाहेक सजाय पाउनेमा अवतार सिंह, कृष्ण लाल, जसबीर सिंह र सब्दिल सिंह छन् । अर्का आरोपी इन्दर सेनको भने मृत्यु भैसकेको छ । 

आफूलाई गडफादर भनेर चिनाउने बाबा रामरहिमले १९ वर्षअघि अर्थात् सन् २००२ मा आफ्ना म्यानेजर रंजित सिंहको ह’त्या गर्ने षड्यन्त्र रचेका थिए । भारतको अनुसन्धान केन्द्र सिबिआईले रामरहिमलाई फाँसीको सजाय दिन माग गरेको थियो । यसअघि बला’त्कारको सजायसमेत भोगका गुरमित राम रहिम सिंहलाई अदालतले हत्यामा संलग्न भएको भन्दै अक्टोबर ८ मा दोषी ठहर गरेको थियो ।

अदालतले रामरहिमलाई ३१ लाख बिगो रकम समेत तिर्नुपर्ने अदालतले ठहर गरेको छ । यस्तै सब्दिलले डेढ लाख, जसवीर र कृष्णले समान १ लाख २५ हजार र अवतारले ७५ हजार बिगो तिर्नुपर्ने अदालतको निर्णय छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्