नेटवर्क विहीन बझाङ बासी भारिबर्षाले चैनपुर उच्च जोखिम 



बझाङ लगातारको वर्षापछि आएको बाढीले  बाउलीगाडमा रहेको बसपार्कको आरसिसी वाल बगाएपछि  चैनपुरको नयाँ बसपार्क बगरमा परिणत भएको छ ।  आरसिसी बगाएपछि बसपार्क बगरमा परिणत भएसँगै बझाङ सदरमुकाम चैनपुर  समेत जोखिममा परेको छ ।

बाढीले चैनपुरको ढुङ्ग्रीका घरहरू उच्च जोखिममा रहेका छन् भने सदरमुकाम चैनपुर बसपार्क नजिकै राखेका करिब ४ सय बढी बुङगर बगाएको छ । अहिले लगातारको पानीले क्षेति हुने देखिएपछि आ-आफ्नाे सुरक्षामा जनसमुदाय मालसामान सारिरहेका छन् । यसै गरि कालङगा नदिले बागथला बजार र प्रहरी चेकपोस्ट जोखिम रहेको छ । चैनपुर  मात्र नभएर जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको छ । बाढीले बिजुलीका पोल र  सडक समेत बगाएको हुँदा विद्युत् र जय पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्