सैघाली खबर
दाङ,१४ फागुन । गत फाल्गुन ३ गतेदेखी दाङको घोराहीमा जारी दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेश स्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ आज सकिएको छ ।दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा प्रदेस सभा सदस्य अम्मर बहादुर डाँगीको प्रमुख आथित्यमा महोत्सब समापन गरिएको हो ।
महोत्सबको समापन गर्दै प्रदेशसभा सदस्य डाँगीले आर्थिक संमृद्धिका लागी महोत्सबले सहयोग पु¥र्याउँने वताउँनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका डाँगीलेहाम्रा मौलिक र सामाजिक सांस्कृतिको जर्गेना गर्न सहयोग पुग्ने वताउनु भयो । अब समृद्ध राष्ट्र निमार्ण गर्ने रहेको वताउदै राष्ट्रिय शिक्षा नितीलाइ सुधार गर्न जरुरी रहेको वताउनु भयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथी नेपाल पत्रकार महासंघका केन्द«ीय उपाध्यक्ष विपुल पोख्रेलले
कृर्षि उत्पादनलाइ प्रोत्साहन र स्थानीय सिप क्षमता र वस्तुको वजारीकरणमा महत्वपुर्ण भुमीका खेलेको वताउनु भयो । दाङलाइ समृद्ध वनाउन र दाङको विकासमा समेत मिडीयाले महत्वपुर्ण भुमिका खेलेको वताउदै विकास र समृद्धको अभियानमा संचार माध्यम र संचारकर्मीलाइ संग संगै लैजानु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा अर्का विशिष्ट अतिथी घोराही उपमहानगरपालीकाका मेयर नरुलाल चौधरीले महोत्सवले दाङको उद्योग ,व्यवसाय कृर्षि पर्यटन र संस्कृतिको विकासका लागी महत्वपुर्ण भुमीका निर्वाह गरेको वताउनु भयो
१८ करोडको कारोवार
यसैबिच महोत्सबको अन्तिम दिनसम्म १८करोड २५लाखको आर्थिक कारोबार भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष शुसील पोख्रेलले जानकारी दिनुभएको छ। । पोख्रेलका अनुसार सोमबार सम्म करिव ४ लाख ५० हजारले महोत्सवको अवलोकन गरेका छन ।दाङ जिल्ला उद्योग वाणीज्यसंघले महोत्सवमा करिव २० करोडको आर्थिक कारोवार गर्ने र ५ लाखलाइ महोत्सवको अवलोकबन गराउने लक्ष्य लिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।