कञ्चनपुरको महाकाली नदीको टापुमा पाँच जना फसे



धनगढी। आइतबार राति देखिको अविरल वर्षाका कारण महाकाली नदी र स्थानीय खहरे खोलामा बाढी आउँदा कञ्चनपुरको महाकाली टापुमा ५ जना फसेका छन् ।  

कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टी महाकाली नदीको बिच टापुमा पाँच जना फसेका हुन्  । कुखुरा पालन गरेर टापुमा बस्दै आएका उनीहरू नदीमा पानीको बहाव बढेपछि उतै थुनिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले बताए। उनीहरू पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका छन् ।

उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको डिएसपी न्यौपानेले बताए । ब्रह्मदेवदेखि झन्डै ५ किलोमिटर पर चुरे फेदमा रहेको मसेट्टी पुग्न आधा दर्जन खहरेहरू पार गर्नुपर्छ । उनीहरूको हेलिकोप्टरमार्फत उद्धार गर्न नेपाली सेनासँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्