तुलसीपुर उधोग बाणिज्य संघको २९ आै स्थापना दिवस



तुलसीपुर उद्योग वाणिज्य सघको २९ आै स्थापना दिवस विभिन्न कार्यक्रमका बिच मनाइएको छ । आज कार्तिक २ गते स्थापना दिवसको अवसरमा प्राप्ति प्रादेशिक अस्पतालका बिरामीहरूका लागि फलफूल वितरण गरिएको छ  । सो अवसरमा बोल्ने वक्ताहरूले अस्पतालको बृहत्तर विकासका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहको बताएका थिए ।

उनीहरुले सबै क्षेत्रको समन्वय र सहकार्यका लागि तुलसीपुर उद्योग  वाणिज्य संघ अगुवाइ गर्न तयार रहेको समेत बताएका थिए । साथै तुलसीपुर उद्योग  बणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता एवम प्राप्ति प्रादेशिक अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य सघका निवर्तमान अध्यक्ष वीर बहादुर रावत,पूर्व अध्यक्ष विमल रिजाल,सघका पूर्व सल्लाहकार एवम् नेपाली काँग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल,इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्याल,सघका सल्लाहकारहरू अनुपकुमार श्रेष्ठ ,मिनराज वलि,पूर्व सल्लाहकार नारायण प्रसाद खनाल लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण वाणिज्य सघका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो ।

सो अवसरमा प्राप्ति प्रादेशिक अस्पतालका करिब एक सय बढी बिरामीहरूको स्वास्थ्य लाभको कामना सहित उनीहरूलाई  फलफूल वितरण गरिएको थियो । साथै कोभिड १९ बाट ग्रसित भई हाल काठमाडौँमा उपचार गराई रहनुभएका तुलसीपुर उद्योग वाणिज्य सघका उपाध्यक्ष ललितजग शाहको सस्थागतरुपमा स्वास्थ्य लाभको कामना गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्