बेलबहादुरको सम्झनामा श्रद्धाञ्जली सभा



सैघाली खबर
दाङ १४ फागुन । स्वर्गीय बेलबहादुर नेपालीको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा एमाले दाङले तुलसीपुर उपमहानरपालिका १८ धरमपुर स्थित उहाँकै निवासमा पगेर श्रद्धाञ्जली सभा सम्पन्न गरिएको थियो । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दे नेकपा एमाले प्रदेश कमिटी सदस्य गिरिराज केसीले समाजका लागि बेलबहादुरले पु¥र्याएको योगदान निकै महत्वपूर्ण भएको वताउँनु भयो । केसीले परिर्वतनका पक्षमा उभिएका बेलबहादुर राणा कालीन शासन व्यवस्था र पँत्च्यात कडा विरोध गरेकै कारण ढेड बर्ष जेल बस्न बाध्य पारिएको वताउँनुभयो ।

प्रमुख केसीले समाज रुपान्तरका महत्वपूर्ण भुमिका खेलेको बताउँदै कम्युनिष्ट आन्दोलनका खम्बाका रुपमा उहाँ रहेको वताउँनुभयो । कार्यक्रमका विशिष्ट अतिथी नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले देश र जनताका प्रतिकाम गने एउटा योद्धा गुमाएको बताउनुभयो ।

सभामा एमाले दाङका उपसचिव सुरामणी बेल्वासे, पूर्व गाविस अध्यक्ष घनश्याम नेपाली, टोपबहादुर जनैदार, एमाले प्रसार प्रसार विभाग प्रमुख शरद अधिकारी, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली लगाएतले बोल्नु भएको थियो । कार्यक्रमा बेलबहादुरको व्यतित्वका बारेमा जुद्धबहादुर नेपालीले प्रकाश पार्नु भएको थियो । एमाले दाङका सचिवालय सदस्य देवराज विश्वकर्माको अध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो । बेलबहादुरका जेठा छोरा कर्णबहादुर नेपालीले धन्यावद ज्ञापन गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्