तुलसीपुरमा सडक र मन्दिर निर्माणका लागि बृहत छलफल



सैघाली खबर
दाङ,१५ फागुन

तुलसीपुर उपमहानगरपालिका वडा नंबर ५ ले बाटो तथा मन्दिर ब्यबस्थापनका लागि बृहत छलफल गरेको छ । रानी जरुवा देखि अञ्चल अस्पताल हुँदै जाने सडक निर्माण गर्न तथा अस्पतालको स्वामित्वमा रहेको जग्गामा मन्दिर निर्माण गर्न छलफल गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नंबर ५ का अध्यक्ष बिरेन्द्रकुमार शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा बक्ताहरुले अस्पतालको सेवालाई कुनै पनि प्रभाब नपार्ने गरी काम अगाडि बढाउन सुझाब दिएका थिए । छलफलमा प्रमुख अतिथि पाण्डेले त्यस क्षेत्रका नागरिक र अञ्चल अस्पताललाई फाईदा पुग्ने गरी काम अघि बढाउन आग्रह गरेका थिए । त्यस्तै अस्पताल बिकास समितिका अध्यक्ष बिष्णु देवकोटाले अस्पतालको भित्रबाट बाटो खुल्नु अस्पतालको हितमा नहुने बताएका थिए । उनले अस्पतालको जग्गा संरक्षण गर्नुपर्ने बताएका थिए ।

छलफलमा तुलसीपुर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष बिमल रिजाल, नागरिक समाज निबर्तमान अध्यक्ष टिकाराम रेग्मी, स्थानीय मदना धित्ताल, तुलसीपुर उद्योग बाणिज्य संघ उपाध्यक्ष मीनराज भण्डारी, अस्पतालका निमित्त मेस डा.बिनोद सिंहलगायतले सुझाब दिएको वडा सदस्य शुरेस श्रेष्ठले बताए । छलफलको सहजीकरण पत्रकार गोपाल शर्मा भट्टराईले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्