सिरिया हमलाको अखिल क्रान्तिकारीद्धारा सशक्त विरोध



काठमाण्डौं । अमेरिकाले सिरियामाथि हमला गरी बालबालिकाको नरसंहार गरेको विरोधमा नेकपा निकट अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारी त्रिभुवन विश्वविद्यालय इकाइले विरोध प्रदर्शन गरेको हो ।

केन्द्रीय क्याम्पसमा विद्यार्थीहरुले अमेरिका र रसिया दुबै देशले जारी हिंसाको अन्त्य गर्दै सिरियाली जनताको बाच्न पाउने अधिकारको रक्षाको माग गरेका थिए ।

त्रिभुवन विश्‍वविद्यालयका इन्चार्ज कलम बढुवालले अमेरिकाले अनावश्यक सिरियामा हात हालेको भन्दै फिर्ताको माग गरे ।

अमेरिकाले बालबालिकालाई निशाना बनाएर सिरियामाथि हमला गरिरहेको भन्दै तत्काल रोक्न पहल गर्न अखिल क्रान्तिकारीले विश्‍व समुदायसँग आग्रह गरेको छ ।

त्यसैगरी आफ्नो संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित विद्यार्थी नेताहरुको गिरफ्तारीविरुद्ध पनि त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विरोध गरेका थिए । गिरफ्तार नेताहरुको रिहाइको माग समेत विद्यार्थीहरुले गरेका थिए ।
आवस्यक ठानेर युटुवमा राखिएको भिडियो राखेका छौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्