टप फिचर

नाम परिवर्तन गर्दै फेसबुक

By Thaha - Online

October 21, 2021

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक कम्पनीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । फेसबुकले कम्पनीलाई रि–ब्रान्ड गर्न अर्को हप्ता नै नयाँ नाम राख्ने तयारी गरेको बताएको छ । परिवर्तित नाम के हुन्छ भन्ने बारेमा भने फेसबुकले खुलाएकाे छैन । 

फेसबुकका मालिक मार्क जुकरबर्गले आउँदो साता आयोजना हुने वार्षिक कार्यक्रम ‘कनेक्ट कन्फ्रेन्स’मा कम्पनीको नाम परिवर्तन गर्ने तयारी गरेको ‘द भर्ज’ले जनाएको छ । यद्यपि, फेसबुकले ‘हल्ला र अनुमान’को तत्काल टिप्पणी नगर्ने प्रतिक्रिया दिएको छ।  गत मंगलबार फेसबुकले आफ्नो कम्पनी विकास गर्न युरोपेली युनियनमा करिब १० हजार जागिरको पद खुलाउने घोषणा गरेको थियो। यस महिनाको सुरुवातमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टाको लागि बन्द भएको थियो ।