अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’ प्रदर्शन हुने मिति तोकियो



काठमाडौँ ।  बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यवंशी’ को प्रदर्शन मिति तोकिएको छ । अक्षय कुमारको ‘सुर्यवंशी’ सबैभन्दा धेरै प्रतीक्षित चलचित्र हो । यो चलचित्रको ट्रेलर सार्वजनिक भएको केही समयमै कोरोना महामारी सुरु भयो, भारतसँगै विभिन्न देशमा लक डाउन सुरु भयो ।

त्यसपछि निर्देशक रोहित शेट्टीले चलचित्रको प्रदर्शन मितिलाई अनिश्चितकालका लागि सारिएको थियो ।  अक्षय कुमार र कट्रीना क्याफको मुख्य भूमिका रहेको चलचित्र ‘सूर्यवंशी’ नोभेम्बर ५ मा प्रदर्शन हुने भएको हो ।

चलचित्रको निर्देशन रोहित शेट्टीले गरेका हुन् भने निर्माता करण जोहर हुन् । चलचित्र ‘सूर्यवंशी’ को गीत ‘आइला रे आइला’ समेत सार्वजनिक भएको छ । गीतलाई अक्षय कुमारले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सो कुराको जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्