आफ्नै श्रीमतीलाई सर्पले डसाएर मार्ने श्रीमान्‌लाई आजीवन जेल सजाय



एजेन्सी । गोमन सर्पले टोकाएर श्रीमतीलाई मारेको अभियोगमा एक भारतीय पुरुषलाई विरलै दिइने दोहोरो आजीवन कारावास सजाय सुनाइएको छ । सर्पलाई हतियारको रूपमा प्रयोग गरेर तेस्रो प्रयासमा श्रीमतीको ह’त्या गर्न सफल भएको अ’पराधको यो दुर्लभ शैली भारत केरलाका सुरज कुमारले अपनाएका हुन् । उनलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।

केरलामा गत वर्ष सर्प दंशबाट श्रीमती उत्तराको ज्यान गएपछि श्रीमान्‌ सुरज कुमारलाई पक्राउ गरिएको थियो।

दाइजोका लागि सुरजले दुर्व्यवहार गर्दै आएको भन्दै उत्तराको परिवारले ह’त्या गरिएको आ’रोप लगाएपछि प्रहरीले अनुसन्धान थालेको थियो। सोमवार अदालतले उत्तरा सुतिरहेको बेला ओछ्यानमा एउटा गोमन सर्प छोडेको अभियोगमा सूरजलाई दोषी ठहर गरेको हो।

गत वर्षको मे महिनामा २५ वर्षीय उत्तरा घरमै मृत फेला परेकी थिइन्।

त्यसको केही साताअघि रसेल्स भाइपार सर्पले उत्तरालाई डसेको घ’टनालाई लिएर उनको परिवार सशङ्कित बनेको थियो।

अनुसन्धान अधिकृतहरुका अनुसार सुरजले श्रीमतीको हत्याका लागि एउटा मात्र होइन, दुईवटा सर्प किनेका थिए । सुरजले गोमन सर्प किन्नु अगाडि रसेल वाइपर सर्प पनि किनेका थिए । जसले केही महिना अगाडि मात्र उत्तरालाई डसेको थियो ।

पहिलो सर्प दंशबाट बिसेक भइरहेकी उत्तरालाई उनका श्रीमान्‌ले दोस्रो पटक गोमन सर्पले डसाएका थिए ।

प्रहरीका अनुसार सर्पदंशका दुइटै घटनामा सूरजको संलग्नता रहेको अनुसन्धानले देखायो। प्रहरीले सर्प उपलब्ध गराउने काममा सहयोग गरेको आरोपमा अर्का व्यक्तिलाई पनि पक्राउ गर्‍यो।

तर पछि ती व्यक्ति प्रहरी अभियोजनकर्ताको तर्फबाट साक्षी बन्यो, जसका कारण प्रहरीलाई अनुसन्धानमा सघाउ पुग्यो। ‘अत्यन्तै दुर्लभ घटना’ भएको भन्दै अभियोजनकर्ताले आरोपित सूरजलाई मृत्युदण्डको सजाय माग गरेका थिए।

दुर्लभ घटना भएको कुरामा सहमत न्यायाधीशले सूरजलाई दोहोरो आजीवन कारावासको सजाय सुनाएका हुन्। अदालतले सूरजलाई पाँच लाख भारतीय रुपैयाँ जरिवाना पनि सुनाएको छ। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्