‘श्रीमती चिच्याइरहेकी थिइन्, मैले उनलाई उडिरहेको विमानबाट समुद्रमा फ्याँकिदिएँ’



काठमाडौं । १९८५ मा आफ्नी पत्नीको हत्यामा दोषी ठहर गरिएका न्यूयोर्कका पूर्व प्लास्टिक सर्जनले ३० वर्षभन्दा धेरै समयसम्म आफूलाई निर्दोष बताइरहे । यी पूर्व प्लास्टिक सर्जनको नाम रोबर्ट बिरेनबाम हो । उनी एक अनुभवी पाइलट पनि थिए । उनले आफ्नी पत्नी गेल काट्जको घाँटी थिचेर ह’त्या गरेका थिए त्यसपछि शवलाई उडिरहेको हवाई जहाजबाट समुद्रमा फ्याँकिदिएका थिए ।

यी डाक्टरले अहिले आएर आफ्नो अपराध स्वीकार गरेका छन् । रबर्ट बिरेनबामका अनुसार उनी त्यति बेला अपरिपक्व थिए र उनलाई आफ्नो रिसलाई कसरी नियन्त्रण गर्ने भन्ने थाहा थिएन । उनले भने ‘म चाहन्थेँ कि उनी ममाथि चिच्याउन बन्द गरुन् त्यसपछि मैले उनीमाथि आक्रमण गरेँ । उनी बेहोस भइन् । मैले उनको शरीरलाई हवाई जहाजबाट समुद्रमाथि लिएर गएँ । मैले ढोका खोलेँ र शवलाई बाहिर फ्याँकिदिएँ ।’

डेलीमेलका अनुसार रोबर्ट बिरेनबामलाई दोषी ठहर गर्दै म्यानहट्टनका एक पूर्व सहायक जिल्ला अटर्नी ड्यान बिबले भने ‘पृथ्वीको भगवान बनिरहेका यी व्यक्ति एक मनोरोगी थिए ।’ रबर्ट र गेललाई चिन्ने एक व्यक्तिले भने ‘मैले कहिल्यै पनि सोचेको थिइन कि डा. बिरेनबामको नाम एक हत्याराको रुपमा बताउनु पर्नेछ ।’ साभार : डिसीनेपालबाट 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्