टप फिचर

एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना, भेटघाट बन्द

By Thah Online

October 22, 2021

काठमाडौँ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । विगत केही दिनदेखि बिरामी भएर घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रवार दिउँसो उनी वीर अस्पताल भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ।

स्रोतका अनुसार अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ ।