टप फिचर

जनता समाजवादी पार्टीमा २ सय ५० जना भन्दा बढी प्रवेश

By Thaha - Online

October 23, 2021

कपिलवस्तु । कार्तिक ६ कपिलवस्तु जिल्ला को शुद्धोदन गाउँपालिका वडा नम्बर ४ मुडफुटवा मा जनता समाजवादी पार्टी नेपाल का वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत योजना गरिएको कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले लगायत विभिन्न पार्टी परित्या गरी २ सय ५० भन्दा बढी जनता समाजवादी पार्टी कपिलवस्तुमा प्रवेश गरेको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो ।

नव प्रवेशीहरुलाई जनता समाजवादी पार्टीका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनु भएका सहसराम यादव लगायत अन्य नेताहरूले स्वागत गर्नु भएको हो । उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनु भएका सहसराम यादव, पूर्व मन्त्री तथा जसपा प्रदेश इन्चार्ज दानबहादुर चौधरी, प्रदेश उपाध्यक्ष अब्दुल रसिँद खाँ, जिल्ला अध्यक्ष शैलेन्द्र यादव, मायादेवी गाउँपालिका अध्यक्ष बजरंजी चौधरी र शुद्धोदन गाउँपालिका अध्यक्ष निसार अहमद खाँ लगायतको अथित्यता र अन्य नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियो ।