मदरसा शिक्षा लाई मूल प्रवाहीकरणमा ल्याउन विस्तृत छलफल



कृष्णनगर । कार्तिक ६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खाँ नेपालीको निवास कृष्ण नगरमा मदरसा शिक्षा लाई शिक्षाको मूल धारमा कसरी ल्याउन सकिन्छ र मदरसाको विकासका बारेमा विस्तृत छलफल सम्पन्न भएको छ।

नेपालमा मदरसा शिक्षाको अवस्था, मदरसा शिक्षाको विकास, मदरसा शिक्षा लाई राज्यको मूल धारमा समायोजन कसरी गर्न सकिन्छ, मदरसा शिक्षाको व्यवस्थापन लगायत मदरसा शिक्षाको सरोकार वाला तथा सरकार लाई मदरसा शिक्षा प्रति ध्यानाकर्षण गराउने जस्ता विषयमा छलफल गरिएको थियो।

नव नियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल बाट मुस्लिम समुदायले मदरसा शिक्षा लाई मूल प्रवाहीकरणमा ल्याउन तथा मदरसामा अध्यापन गराउँदै आएका मौलाना हरूलाई शिक्षक दरबन्दी कायम गरी सामुदायिक विद्यालयको शिक्षक सरह सेवा सुविधा दिनु हुनेछ भन्ने आस राखेको लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खाँ नेपाली ले बताउनु भयो ।

उक्त छलफलमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खाँ नेपाली, प्राध्यापक तथा शिक्षाविद् डा. विद्यानाथ कोइराला, प्राध्यापक डा. अब्दुल कय्यूम, पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खाँ, पूर्व विद्यालय निरीक्षक नुरूलहक मिकरानी, पूर्व जन स्वास्थ्य अधिकृत ताहिर हुसेन मिकरानी, राष्ट्रिय मदरसा सङ्घ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य डा. मोहम्मद मजहर खाँ, असरफ खाँ लगायतको उक्त छलफलमा सहभागिता रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्