रामबहादुर थापाः सपथमा गृहमन्त्री, लेखियो प्रधानमन्त्री



१५ फागुन
काठमाडौँ । पटकपटक गल्ती गर्दै आएका सिंहदरवारका कर्मचारीले सोमबार फेरि अर्को गम्भीर गल्ती दोहोर्‍याएका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो मन्त्रिमण्डल विस्तार गरे । सो क्रममा माकेबाट दुई र आफ्नो पार्टीबाट दुई गरी चार जना मन्त्रीलाई शपथ खुवाए ।

माके नेता रामबहादुर थापाले गृहमन्त्रीको जिम्मा पाए । तर गृह मन्त्रालयको वेवसाइटमा थापालाई प्रधानमन्त्री भनेर लेखिएयो । प्रधानमन्त्रीको नाम रामबहादुर थापाको नाम राखिए फोटो एकै छिन सामाजिक संजालमा भइरल भयो ।

कर्मचारीको यो गल्तीले सरकारी संरचनाकै बेइजत भएको छ । कर्मचारी गैरजिम्मेवार बन्दा सरकारको गल्ती हुन पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्