पल शाहसंग कुनै अनैतिक सम्बन्ध नभएको भन्दै समीक्षाको प्रष्टीकरण



काठमाडौं  । गायिका समीक्षा अधिकारी र अभिनेता पल शाहको सम्बन्धलाई लिएर केही समय यता निकै चर्चा भइरहेको छ । सामाजिक सञ्जालदेखि मनोरञ्जन क्षेत्रका टेलिभिजन कार्यक्रम तथा युट्युब च्यानलहरूमा समेत दुईबिच सम्बन्ध रहेको हल्ला चलिरहेको छ।

पछिल्लो समय नायक पल शाहसङ जोडिएर आएका समाचारहरूबारे मुख खोलेकी छन् । नायक शाहसङ जोडिएर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले उक्त समाचारहरूको खण्डन गरेकी छन् ।
यसबिच गायिका समीक्षा अधिकारीले अभिनेता शाहसँग आफ्नो कुनै पनि किसिमको ‘अनैतिक सम्बन्ध’ नभएको प्रष्टीकरण दिएकी हुन्। सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै उनले आफू र शाहबिच कुनै पनि किसिमको सम्बन्ध नभएको प्रष्ट पारेकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले समाचारमा आएका सामग्रीले आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरेकी छन् ।

उनी लेख्छिन्, ‘विना स्रोत अफवाहमा लेखिएका समाचारले हामीलाई सामाजिक र चारित्रिक रूपमा निकै असर पुर्‍याएको छ। आफ्ना लागि अभिनेता पल शाह अभिभावकको भएको र उनले कला र क्षमतालाई माया र संरक्षण गर्ने भएकाले आफू पलको फ्यान भएको समीक्षाले लेखेकी छिन् । पल शाह मेरो अभिभाबक हुन् भन्दै समीक्षाले यस्ता गलत प्रचार गर्ने हरुको पछि नलाग्न आफ्नो दर्शकलाई अनुरोध पनि गरेकी छिन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्