प्रदेश ५

१९ वर्षीया झरना चौधरी बनिन् एमालेको वडा सचिव

By Thaha - Online

October 24, 2021

काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ मा १९ वर्षीय युवती नेकपा एमालेको वडा सचिव चयन भएकी छिन्। वडा नम्बर ६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीय झरना चौधरी सर्वसम्मत चयन भएकी हुन्।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर पाँचका धेरै ठाउँमा युवा अनुहार आएको राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराई ले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पुर्व प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चूअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो । यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका वाड न ६ मा १९ वर्ष कि झरना चौधरी वडा सचिव बन्दा राजनीतिमा युवा पुस्ताको चासो बढेको देखिएको छ ।