दाँतको किरा मार्ने यी हुन् अचुक घरेलु उपाय



काठमाडौँ । प्रायः मानिसमा दाँतमा किरा लाग्ने समस्या हुन सक्छ । जसको मुख्य कारण दाँतलाई ठिक तरिकाले हेरविचार नगर्नु र सफा नगर्नु हो । दाँतमा किरा लागेपछि धेरै दुखाईकन महसुस हुन्छ । जसलाई सहन गर् नसक्नु असम्भवको कुरा हो ।
किनकि यसको दुखाई दाँतको जरासँग हुन्छ । जसको कारणले गर्दा त्यसमा सुनिने समस्या पनि हुन सक्छ । त्यसैले सकेसम्म चाडै यस समस्याको उपचार गरिनुपर्छ । यस समस्याको उपाय धेरै छन् । तर डाक्टरको सल्लाहअनुसार उपचार गर्नु नै फाइदाजनक हुन्छ ।
यसको अतिरिक्त अरू पनि उपायहरू छन् । जसको मद्दतले तपाईँ यस्ता समस्याबाट छिटै छुटकारा पाउन सक्नुहुन्छ ।

दाता किराले खाँदा निकै पीडा हुन्छ । त्यो धेरै जसो मानिसहरूले भोगेका हुन्छन् । यस्तो पीडालाई कम गर्नका लागि केही घरेलु उपायहरू पनि रहेका छन् । जसको प्रयोगले दुखाइको पीडालाई कम गर्न सकिन्छ ।

दाँतबाट किरा हटाउने घरेलु उपाय

प्याज खानाले मर्छ दाँतको ब्याक्टेरिया– प्याजको प्रयोग प्रायजसो दाँतको दुखाई ठिक गर्नको लागि गरिन्छ । तर यसको प्रयोग दाँतको किराको समस्या हटाउन पनि गर्न सकिन्छ । किनकि प्याजलाई दाँतको लागि एउटा राम्रो उपाय मानिन्छ । यसको प्रयोगले तपाईँको दाँतको दुखाई कम हुन्छ ।बेसार र नुन– पिसेको बेसार र नुनलाई तोरीको तेलसँग मिलाउनुहोस् । यस मिश्रणलाई प्रतिदिन २–३ पटक दाँतमा दन्त मन्जनको रूपमा दल्नाले दाँतको किरा मर्दछ ।

प्याजलाई एक प्रकारको प्राकृतिक औषधिको रूपमा पनि मानिन्छ । जस्मा दाँतको दुखाई निको पार्ने गुण हुन्छ । यदि तपाईँको दाँतमा पनि समस्या छ भने प्याजको प्रयोग गर्नुहोस् । जसबाट तपाईँलाई लाभ मिल्दछ । यसको लागि प्याजलाई काटेर सानो टुक्रालाई किरा भएको दाँतबाट चपाउनुहोस् । तपाईँले सलादमा प्याजको प्रयोग गरेर पनि दुखाई कम गर्न सक्नुहुन्छ ।
बरको दूध(चोप)– किरायुक्त दाँतमा बरको दूध लगाउनाले किरा र दुखाई दुवै हट्दछ ।

फिटकीरी– फिटकीरीलाई तातो पानीमा घोलेर प्रतिदिन कुल्ला गर्नाले दाँतको किरा र दुर्गन्ध दुवै हट्दछ ।

हिंग– यदि तपाईँको दाँत कुनै कारणले दुखिरहेको छ भने हिंगको प्रयोग गर्नाले आराम मिल्दछ । किनकि हिंगमा भएको तत्त्वले दुखाई उत्पन्न गर्ने कीटाणुलाई समाप्त गर्छ र दुखाइबाट आराम दिलाउँछ ।

तपाईँ यसको प्रयोग मौसमको रस र कागतीको रसमा हालेर गर्न सक्नुहुन्छ । यसले दाँतलाई औषधिको साथै अम्लीय पदार्थको पनि फाइदा मिल्दछ । यसको लागि दुखेको दाँतमा दुवै पदार्थलाई कपासको मद्दतले लगाउनुहोस् । यसबाट तपाईँलाई दाँतको दुखाइबाट छिटै छुटकारा मिल्दछ ।

ल्वाङ– ल्वाङ्गलाई दाँतको दुखाईकन लागि सबैभन्दा राम्रो उपाय मानिन्छ । यसको साथै स्वस्थ रहनको लागि पनि ल्वाङ्गको प्रयोग गरिन्छ । ल्वाङ्गमा विशेष प्रकारको गुण पाइन्छ । जसले ब्याक्टेरियालाई समाप्त गर्ने काम गर्दछ ।

दाँतमा दुखाई ब्याक्टेरियाको कारणले गर्दा हुन्छ । जसलाई हटाउने काम ल्वाङ्गले गर्दछ । यसको लागि ल्वाङ्गलाई दुखेको दाँतमा राख्नुहोस् । यसबाट बिस्तारै दाँतको दुखाई कम हुन्छ । यस प्रक्रियामा थोरै समय लाग्न सक्छ । तर फाइदा धेरै नै हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्