सैघाली खबर
काठमाडौं,१५ फागुन
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल संघीय समाजवादीफोरम नेपाललाई सरकारमा सहभागी गराउने कसरतमा जुट्नु भएको छ । प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव बीच त्रिपक्षीय वार्ता भइरहेको छ । हिजोको वार्तामा निष्कर्ष नआएकाले आज थप छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिनेगरी सरकारमा सहभागीहुन संघीय समाजवादी फोरमका अध्यक्ष यादवलाई आग्रह गर्नुभएको छ । जवाफ माया दवले भने संविधान संशोधन लगायत राजनीतिक विषयमा सहमति नजुट्दासम्मआफ्नो पार्टी सरकारमा जाने सम्भावना नरहेको यादवले बताउनुभयो । उहाँकाअनुसार यो हप्ता नै सरकारमाजाने नजाने विषयमा टुङ्गो लाग्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।