पर्सिदेखि सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोकिने



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा मङ्गलवारदेखि परीक्षणका रूपमा गोला प्रथाबाट पेशी तोक्ने बताएका छन् । 
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबार नेपाल बार एशोसिएसनका पदाधिकारीहरूसँग भेटघाट वार्तामा मङ्गलवारदेखि गोला प्रथाबाट पेशी तोक्ने बताएका हुन् ।

यसअघि अदालतको विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्यका लागि सुझाव दिन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित समितिले स्वचालित पद्धति (अटोमेसन) बाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न सुझाव दिएको थियो । तर, प्रधानन्यायाधीशले गोला प्रथाबाट पेशी तोक्न आनाकानी गर्दै आएका थिए ।

आइतबारको भेटघाटमा भने त्यसैबमोजिम नै अदालतमा गोला प्रथाबाट पेशी तोकिने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्