नेपाली सेनामा जागिर खुल्यो,सूचना हेर्नुहोस्



काठमाडौँ । नेपाली सेनाले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आइतबार सेनाले एक सूचना जारी गर्दै विभिन्न निकायहरूमा रिक्त रहेको पदमा दरखास्त आह्वान गरेको हो।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरूमा करार सेवामा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान भएको सैनिक कल्याणकारी महानिर्देशनालयले जनाएको छ । सेनाले कल्याणकारी कोष अन्तर्गत अस्पताल, विद्यालय, पेट्रोल पम्प लगायत सञ्चालन गर्दै आएको छ ।

सूचनाका अनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जङ्गी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरूमा दरखास्त दिन सक्नेछन् ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्