प्रदेश ५

महाराजगंजले बेमौसमी वर्षाको कारणले भएको क्षतिको विवरण सङ्कलन गर्ने 

By Thah Online

October 24, 2021

कपिलवस्तु ।  महाराजगंज कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका पनि  बेमौसमी  अविरल वर्षा भएको कारणले कृषकहरूको धन-जन (बाली नाली) क्षति भएको छ । महाराजगंज नगरपालिकाको क्षेत्र अन्तर्गत ९० प्रतिशत धान बाली डुबानमा परि क्षति भएको नगरप्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

नगरपालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरू सँग छलफलमा क्षतिको विवरण सङ्कलन गरी शीघ्र राहतको लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय लुम्बिनी प्रदेश तथा जिल्ला बिपद व्यवस्थापन समिति सँग माग गर्ने निर्णय गरेको नगर प्रमुख कलामले बताउनु भयो ।