दलित महिला सङ्गठनले भीम बिकको ह’त्याको विरोध गर्दै नेपालगन्जमा कार्यक्रम गर्ने



चितवन : चितवनको भरतपुर महानगरपालिका ४ का भीमबहादुर विश्वकर्माको महानवमीको दिन दुर्गा मन्दिरको विषयमा विवाद हुँदा स्थानीय दिलिप श्रेष्ठ र सिताराम बस्नेतले कुटपिट गरी ह’त्या गरेका थिए । जातीय विभेद र जातकै कारण ह’त्या भएको विश्वकर्मा भने पहिला होइनन् ।

२०६८ को जातीय भेदभाव र छुवाछूत कसुर र सजाय ऐन बने पछि र २०७२ को संविधान जारी भए पछि पनि जातकै नाममा दर्जनौँ – दर्जनौँ दलितहरूको ह’त्या भएको छ । चितवनमा भएको बिकको ह’त्याले यति बेला दलित समुदायले न्यायको लागि र घटनाको विरोध गर्दै देशव्यापी रूपमा आन्दोलन गरेका छन् । दलित महिला सङ्गठनले नेपालगन्जमा सोमबार ९ गते विरोध तथा खबरदारी कार्यक्रमको आयोजना गर्ने भएको छ ।

दलित महिला सङ्गठनको अध्यक्ष सरु सुनार, महासचिव रत्ना बराइली , प्रदेश ५ इन्चार्ज पम्फा नेपाली , प्रदेश ३ इन्चार्ज सीमा बिक, प्रदेश संयोजक सुस्मिता खाती लगायतको टिमले मृतकको घर र स्थानीय सम्म पुगी स्थलगत अनुगमन गरिसकेको छ । दलित र दलित महिला माथि भएका ह’त्या हिंसा र बला’त्कारको विरुद्ध अभियानको घोषणा गरेको दलित महिला सगठनले नेपालगन्ज बासी न्याय प्रेमी दाजुभाइ दिदिबहिनीहरुलाइ मानव भएर बाच्न पाउने अधिकारको लागि आवाज उठाइदिन अनुरोध गरेको छ ।

उक्त विरोध कार्यक्रममा केन्द्रीय अध्यक्ष सरु सुनार आफै उपस्थित हुने जनाएकी छिन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्