टप फिचर

माेटरसाइकल दुर्घटना हुँदा एक को मृत्यु एक घाइते

By Thaha - Online

October 24, 2021

बझाङ । माेटरसाइकल  दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बझाङ जिल्लाको तमैल नजिकै रहेको जालेबगरमा माेटरसाइकल दुर्घटना हुँदा दुर्गा थली गाउँपालिका वडा नम्बर ७ दाैलाका २४ वर्षीय दीपेन्द्र दाैल्यालकाे मृत्यु भएको छ । भने दुर्गा थली ७ कै वर्ष २३ का कृष्ण दाैल्याल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको उपचार जिल्ला अस्पताल बझाङमा भइरहेको छ । छविस पाथीभरा गाउँपालिका वडा नम्बर १ जालेवगर भन्ने स्थानमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जनाएको छ ।