समाचार

विप्लव नेतृत्वको ने.क.पा निकट प्रवासी नेपाली जनसमाज बेंलाेर केआरपुरम नगर समितिको प्रथम नगर सम्मेलन सम्पन्न

By Thaha - Online

October 24, 2021

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी नेपाली जनसमाज भारत कर्नाटका राज्य संयोजन समिति अन्तर्गत केआरपुरम नगर समिति को प्रथम नगर सम्मेलन एक भव्य समारोहका बिच सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रवासी नेपाली जनसमाज केन्द्रीय सचिवालय सदस्य तेज तिरुवाले भ्रष्ट दलाल संसदीय व्यवस्थाले ७० वर्षसम्म प्रवासी नेपाली हरुलाइ झुटो आसस्वासन दिएर सत्ता पुग्न प्रयोग गरेको बताए।

नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी दिनु साटो हरियो पासपोर्ट हातमा थम्याउदै विदेशी भूमिमा दास बनाएको आरोप लगाए । सिङ्गो मानव समाजको मुक्तिका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा वैज्ञानिक समाजवाद को निम्ति जनमत संग्रह गर्नुपर्ने बताएका छन्। उक्त सम्मेलनले केन्द्रीय सदस्य देपेन्द्र रावलको नेतृत्वमा १६ सदस्यीय नगर समितिमा सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्ष सागर खत्री, सचिव देपेन्द्र बटाला,सहसचिवमा खेम बोहरा र कोषाध्यक्ष तिलक कार्की चयन भएका छन्। त्यस्तै सदस्यहरू दीपक गुरुङ ,दानबहादुर बुढा,जीवन बोगटी ,रतन बोगटी ,सुरेश क्षेत्री ,दिलीप धामी ,नन्दराम बोगटी ,मणिराम विष्ट ,सुरेन्द्र परियार,हिम्मत जैसी र मिलन बराल चयन भएका छन्।