कबड्डी ४’ को छायांकन सुरु , चलचित्र युनिट टिम मुस्ताङ हानियो



काठमाडौँ । चलचित्र ‘कबड्डी ४’ को छायाङ्कन सुरु गरिएको छ । यो चलचित्रको छायाङ्कनका लागि चलचित्र युनिट मुस्ताङ पुगेको हो । रामबाबु गुरुङ निर्देशित चलचित्रको छायाङ्कन मुस्ताङबाट सुरु गरिएको हो । शुक्रवारबाट ३५ दिनको छायाङ्कन तालिका सुरु गरिएको निर्देशक गुरुङले बताउनुभएको छ ।

कबड्डीको अन्तिम शृङ्खलामा आएर अभिनेता सौगात मल्ल जोडिएका छन् । चलचित्र ‘कबड्डी ४’ मा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायत कलाकारको अभिनय रहनेछ । चलचित्रमा मणिराम पोखरेलको लगानी छ । उनीहरूसँगै कलाकार दयाहाङ राई चलचित्रको शीर्ष भूमिकामा देखिने छन् । सुटिङ सकेर प्रदर्शन मिति चाँडै तय गरिने निर्देशक गुरुङले बताउनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्